२६ आश्विन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फाइनल प्रवेश

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको छ ।

फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ । पहिलो हाफको १९ औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा राइजिङ स्टार ५–४ ले विजयी बनेको हो ।

खेलको म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । उनलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका संयोजक कर्ण बस्नेतले जनाएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected