११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पाराएथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ ,२२ फागुन । विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट छ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भारतको नयाँ दिल्लीमा यही मार्च ७ देखि १४ तारिख फागुन २३ देखि आगामी चैत १ गते सम्म हुने उक्त प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला दुई सय, चार सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।

‘अफिसियल’मा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी र प्रशिक्षकमा विमला राना मगर छन् । एक महिनाको अन्तरालमा नेपालले पाराएथलेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो ।

नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागिता जनाएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला उक्त टोलीमा पनि दोहोरिएका थिए ।

दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको राखेपले जनाएको छ । नेपाली टोलि भोलि भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected