१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

खेल र खेलाडीले नै देश बनाएको छ

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्ती बहादुर सिंह लामाले खेल र खेलाडीले नै देश बनाएको बताएका छन् ।

आइतवार ललितपुरमा आयोजित चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहमा उनले खेलाडी राज्यको सम्पती भएको र खेलबाट नै राष्ट्रको विकास हुने बताएका हुन् ।

उनले भने,‘खेलले फरक ढङगबाट राष्ट्र भाव दिने भएकोले यो अत्यन्त महत्वपुर्ण छ । यो राज्यले बुझ्नु पर्छ । खेलाडीले देश बनाएको छ पर्यटन भित्र्एको छ ।  खेलाडी राज्यको सम्पती हो । खेललाई पर्वद्धन गर्ने, खेलको विश्वासनीयता बढाउन खेलाडी पलायन हुन नदिन बागमती प्रदेश सरकारले खेल जगतमा नया ढङगले जाने छ ।’

उनले खेल स्वास्थ्य र रास्ट्रको लागि ठुलो उपलब्धि रहेको भन्दै सरकारी पदमा बसेकाले खेललाई नबुझेको र बजेटमा पछाडी पारिएको बताए ।

यस्तै, उक्त समारोहमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाग्मती प्रदेश सरकारले खेलकुद जगतमा आफूले पाएको जिम्मेवारी पुरा गर्न मिलेर कोसिस गर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई जोडेर मात्र काम गर्न सकिने भन्दै निजी क्षेत्रलाइ जोड्ने वातावरण बनाउन पहल गर्ने पनि बताए ।

यसका साथै, उक्त समारोहमा बोल्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडी विदेश पलायन ठुलो समस्या रहेको बताए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected