१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, १३ फागुन । तेस्रो राष्ट्रिय डोरीतान टग अफ वार प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ ।

नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीयसहित आठ टोलीको सहभागिता रहने छ । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेश भने सहभागी नहुने आयोजकले जनाएको छ ।

कुल १८ टिमका एक सय ६२ खेलाडी सहभागी हुने अध्यक्ष पौडेलले जानकारी दिए । प्रतियोगिताको पुरुष विजेता टोलीले नगद रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने सङ्घका अन्तरराष्ट्रिय प्रतिनिधि आनन्दकुमार यादवले जानकारी दिए ।

उनका अनुसार महिलातर्फका विजेताले नगद रु ६० हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेकाले राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको यादवले बताए ।

प्रतियोगिता सम्पन्न गर्न रु ३१ लाख लाग्ने आयोजकले अनुमान गरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected