१३ कार्तिक २०८२, बिहीबार
प्रदेस समाचार प्रवास बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

ल्हासा महा वाणिज्य दूतावासमा नेपाल–चीन सम्बन्धको चर्चा

काठमाडौं । चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबिच महावाणिज्यदूतावासमा शिष्टाचार बैठक भएको छ ।

उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको हो ।
बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पु¥याएको सहयोगका निम्ति आभार व्यक्त गरे । आगामी दिनमा पनि यस प्रकारको सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीनसँधैं तयार रहेको जानकारी गराए ।

उक्त बैठकमा दुबै पक्षबाट नेपाल चीनबीच व्यापार, वाणिज्य र पारवहन क्षेत्रलाई थप सुदृढ बनाउन नेपालको कृषि उत्पादनलाई चीनमा निर्यात गर्न पहल गर्ने, सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका क्रममा कार्यान्वयन गर्ने भनिएका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशील रहने, सबै सीमा नाकाहरुलाई अझ प्रभावकारी रुपमा सुचारु र व्यवस्थित गर्न पहल गर्ने, सीमा नाकाहरुमा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, त्यस क्षेत्रको पूर्वाधार विकास गर्ने, दुइ पक्षीय भ्रमणहरू आदानप्रदान गर्ने, एक अर्का देशमा आयोजना हुने ब्यापार मेला र महोत्सवहरुमा सहभागिता जनाउने र दुई देश र जनताको हितका कार्यहरुमा समन्वयात्मक रुपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरियो ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected