१४ कार्तिक २०८२, शुक्रबार
प्रवास मुख्‍य समाचार राजनीति समाचार समाज

सामाजिक सञ्जालको दुरुपयोगसँगै निराशावादी सोच फैलाउने प्रयास भयो’

युएई । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही तत्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन् ।

खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा उनले नेपाल नकारात्मक भ्रम चिर्न आग्रह समेत गरे ।

उनले भने,‘केही समूह देशबारे नकरात्मक प्रचारमा लागिपरेका छन् । तर वास्तविकता फरक छ । नेपालमा अपार सम्भावना छ र यसलाई सही रूपमा उपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ ।’

उनले नेपालबारे नकारात्मक धारणा चिर्न विदेशमा रहेका नेपाली समूदाय, विशेष गरी जनसम्पर्क समितिका सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्वीकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे ।

नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा. महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्ने उल्लेख गरे ।

उनले भने,‘हाम्रो देशमा जलविद्युत् विकास गर्ने पर्याप्त सम्भावना छ । अहिले नेपालले विद्युत् निर्यात गर्ने अवसर पाउँदै गएको छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउन सके नेपाल छिट्टै आर्थिक रूपमा समृद्ध मुलुक बन्न सक्छ ।’

उनले नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारमा अत्यधिक निर्भर रहेको बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘हामीले अब हाइड्रो पावर, पर्यटन, कृषि र सूचना प्रविधिलाई प्राथमिकता दिएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। युवाहरू विदेश जानुभन्दा नेपालमै बसेर कमाउने वातावरण बनाउनेतर्फ सरकारले पहल गर्नुपर्छ,’उनले भने ।

 

विदेशमा रहेका नेपालीहरूले देशको आर्थिक विकासमा ठूलो भूमिका खेलिरहेको उल्लेख गर्दै, उनले वैदेशिक लगानी भित्र्याउन, नेपालको पर्यटन प्रवद्र्धन गर्न र विदेशमा नेपालको सही पहिचान बनाउन सकिने उपायबारे पनि छलफल गरे ।

प्रवक्ता महतले नेपालप्रति आशावादी हुनुपर्ने बताउँदै, भने,‘हामीले सही योजनासहित अघि बढ्यौं भने नेपाललाई अब धेरै समय कुर्नु पर्दैन । समृद्धि सम्भव छ, हामी सबै मिलेर काम ग¥यौं भने नेपाल छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ ।’

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected