१८ कार्तिक २०८२, मंगलवार
गण्डकी बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ

म्याग्दी, ९ फागुन । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए ।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र