७ पुष २०८२, सोमबार
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

सलेशलाई बागमती यु–२० महिला सेभेन्स रग्बीको उपाधि

काठमाडौं । कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गल्र्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ ।

मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त ग¥यो। कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो ।

खेलको पहिलो हाफमै सलेशले एक ट्राईमार्फत ५–० को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो। सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडेकी हुन् ।

एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ। तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।

कर्णालीले पहिलो सेमिफाइनलमा नेपाल महिला रग्बी संघलाई कन्भर्जन किकमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। निर्धारित समय र थप गरिएको समयमा पनि कुनै टोलीले अंक ल्याउन सकेनन्। त्यसैले विजेताको टुंगो कन्भर्जन किकबाट गरिएको हो। कन्भर्जन किकमा कर्णालीले सफल रह्यो। उसले दुई किकलाई कन्भर्ट गर्न सक्यो। नेपाल महिला रग्बी संघले भने कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन।

अर्को सेमिफाइनलमा भने सलेशले बागमतीलाई १०–५ ले पराजित ग¥यो। पहिलो हाफमा दुवै टोलीले एक÷एक ट्राई गरेका थिए। दोस्रो हाफमा भने सलेशले एक ट्राई ग¥यो। तर, प्राप्त कन्भर्जन किकलाई भने दुवै टोलीले कन्भर्ट गर्न सकेनन्।

नेपाल महिला रग्बी क्लब र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा कोशीको सलेशसहित सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशका आरुषी भट्टराई घोषित भइन्। उत्कृष्ट प्रशिक्षक सलेशकै नवीन दर्लामी रहे।

प्रतियोगताका विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा र उपविजेतालाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected