१ फाल्गुन २०८२, शुक्रबार
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

दोस्रो भद्रपुर झापा गोल्डकपमा आज भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस भिड्दै

झापा । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ ।

१६ गतेसम्म मेची रंगशाला भद्रपुरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको दार्जिलिङ पुलिस एफसी भारत र घरेलु टोली भद्रपुर ब्लेजर्स भिड्ने भएका छन् ।

यो संस्करणको गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।

यस्तै, तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछन् । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद सात लाख, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected