१ फाल्गुन २०८२, शुक्रबार
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई

झापा, ६ फागुन । प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ ।

च्याम्पियन बनेसँगै कनकाई नगरपालिकाले नगद रु तीन लाख पाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गर्दै कनकाई नगरपालिका च्याम्पियन बनेको हो ।

उपविजेता अर्जुनधारा नगरपालिकाले ट्रफीसहित नगद रु एक लाख ५० हजार पाएको छ ।

कनकाईको जितमा सिमन राई र पूर्णिमा राईले गोल गरेका हुन् । पहिलो हाफको सात मिनेटमै कनकाईकी सिमनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमाले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी सिमनले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा टिमका लागि तेस्रो गोल गरेकी हुन् ।

फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा प्लेयर अफ दी म्याच बन्दै नगद रु पाँच हजार पाउन सफल भइन् ।

कनकाईकी सुशीला चौधरी बेस्टकिपर, कप्तान खुमा राई बेस्ट डिफेन्ड र सिमन राई बेस्ट मिडफिल्डर भइन् । उनीहरुले जनही रु सात हजार पाए ।

यसैगरी अर्जुनधाराकी जेनिफ रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद रु १५ हजार पाउन सफल भइन् । खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप रु सात हजार र खेलप्रेमीबाट रु दुई हजार पाँच सय नगदसहित ट्रफी पाइन् । उनले एप्पल वाच पुरस्कार पनि पाइन् ।

यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद रु सात हजार पाइन् ।

विजेता तथा उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईँ, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखेल, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected