१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

फोर नेसन्स कप : किर्गिस्तानलाई नेपालले १-० ले हरायो

फाल्गुन ५, काठमाडौँ । विमला चौधरीले पहिलो हाफमा गरेको एक मात्र गोलमा नेपालले फोर नेसन्स कपमा किर्गिस्तानलाई १–० ले हराएको छ । दशरथ रंगशालामा भएको खेल पूर्णतः नेपालको नियन्त्रणमा रहे पनि गोलका लागि संघर्षरत रहेको थियो ।

विमलाले ११ औं मिनेटमा हेडबाट गोल गरेकी थिइन् । त्यसमा सविता रानामगरले क्रस उपलब्ध गराएकी थिइन् । नेपालका लागि विमलाको यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन् ।

नेपालले दोस्रो हाफमा सावित्रा भण्डारीलाई मैदानमा प्रवेश गराए पनि उनी पनि गोल गर्नबाट चुकिन् । किर्गिस्तानका लगभग सबै खेलाडी रक्षापंक्तिमै रहे र उनीहरूले नेपालविरुद्ध एउटै पनि आक्रमण बुन्न सकेनन् ।

यसअघि नेपालले किर्गिस्तानविरुद्धको एक मात्र खेलमा ८–२ ले पराजित गरेको थियो । सन् २०१९ मा नेपालले यो जित हासिल गरेको थियो । अब नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लेबनानको सामना गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected