१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सन्दर्भ रासस वार्षिकोत्सव : दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

काठमाडौँ, ५ फागुन । राष्ट्रिय समाचार समिति को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भए ।

रासस केन्द्रीय कार्यालयबाट एक किलोमिटर दूरीको मैत्रीपूर्ण दौड प्रतियोगितामा २५ जना सहभागी थिए ।

राससका महाप्रबन्धक सिद्धराज राईले प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरे ।

सो क्रममा उनले खेलकुदले स्वास्थ्यसँगै कर्मचारीबीचमा सामूहिक भावना जागृत गर्ने भएकाले यसबाट हार्दिकता कायम हुने विश्वास व्यक्त गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected