१ फाल्गुन २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ ।

चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो ।

सोमबार दुई खेल हुँदैछन् । दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेवनानबीच हुनेछ ।
साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ । फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ ।

नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ । कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ ।

प्रतियोगिताकै लागि नेपाली टोली गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ डिफेन्डर अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ र फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल छन् ।

प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन् । नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected