२२ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’हुँदै

काठमाडौं । नेपाल महिला रग्बी क्लबले ’राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले फागुन ६ र ७ गते ’राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्न लागरेको जानकारी दिएको हो ।

भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुने क्लबले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी हुने छन् ।

आयोजकका अनुसार सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी, मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ ।

साथै प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफीबाट सम्मानित गरिनेछ भने सहभागी सम्पुर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

दशौं राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको क्लबले बताएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected