२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलवायु न्याय आवश्यक : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले नेपालले जलवायुजन्य असरको कारण पीडाहरु भोग्नु परेको भन्दै जलवायु न्याय हाम्रो लागि अत्यन्तै आवश्यक रहेको बताए ।

शुक्रबार जलवायु सम्बन्धि एक पुस्तक विमोचन समारोहमा बोल्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि नेपालले पीडाहरु भोग्नु परेको बताएका छन् ।

उनले भने, ‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनको असरले अप्ठ्यारो परेको सबैलाई थाहा छ ।

हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि हामीले जलवायुजन्य असरको कारण पीडाहरु भोग्नु परेको छ । जलवायु न्याय हाम्रा लागि अत्यन्तै आवश्यकता छ ।’

मन्त्री शाहीले जलवायु वित्त प्रवाहको लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषहरुबाट लाभ लिन सक्नुपर्ने बताए । उनले जलवायु वित्तमार्फत आउने सहयोगहरु प्रतिस्पर्धात्मक हुने पनि बताए ।