१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अन्तरराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौँमा

काठमाडौँ, ३० माघ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाा आज स्वदेश फर्किएकी छिन् ।

आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो आज काठमाडौँ आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट उनी खेल्दै आएकी छिन् ।

यसैगरी व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल केहीन दिनभित्र यहाँ आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ एन्फा का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिताको टिकेटिङ राइट रु एक करोड ३५ लाख र ब्रोडकास्टिङ राइट रु ६६ लाखमा बिक्री गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर भिआइपीतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु पाँच सय तोकिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected