१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश

बैतडी, ३० माघ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो ।

जितका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बैतडीका लागि कप्तान रितु कनौजिया, जानकी थापा, आरती बोहराले दुई/दुई र वसन्ती बोहराले एक विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १४ दशमलव चार ओभरमा ८४ रनमा समेटियो । जसमा कप्तान रितु कनौजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनको योगदान गरिन् ।

कैलालीका खुसी पौडेलले तीन र कप्तान स्नेहा महराले दुई विकेट झारे । उपाधिका लागि अब बैतडीले कञ्चनपुरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चुनिने छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected