२९ मंसिर २०८२, सोमबार
अर्थ गण्डकी जीवनशैली मुख्‍य समाचार समाचार समाज

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

२७ माघ, ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।

गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेको छ । उन पेसाले स्वास्थ्यकर्मी हुन्छ । दिउँसोको समय नागरिकको उपचारमा खटिने उस फुर्सदको समय बारीमा काम गर्नुहुन्छ ।

“सँगैका साथी कोही जापान र कोरिया, कोही खाडी मुलुक भएका छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा विसं २०७३ देखि व्यावसायिक कृषि कर्म गर्दै आएको छु”, पुनले भने । ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफार्म’ सञ्चालन गरी सम्भावना खोज्दै आउनु भएको छ ।

आठ वर्ष अघि सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको उसको भनाइछ । पुनले गाउँको बाँझो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा किबी, केरा, सुन्तला, कागती र टिमुरखेती गर्दै आएको बताए । साथै ५० बढी बाख्रा पालन गरेको बताउँदै उसले बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्ने प्रतिक्रिया आउने गरेको बताए ।

“एक सय ८० रोपनी क्षेत्रफलमा लगाएको फलफूलमध्ये केहीले उत्पादन दिन थालेका छन्, केही हुर्किँदै छन् । केही वर्ष अघि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँले नै दङ्ग छन्”, पुनले भने । गाउँमा स्वरोजगार बनेर जनताको सेवा गर्ने सोच बनाएका उ पाँच वर्षदेखि ढोरपाटन–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रूपमा कार्यरत हुन्छ ।

फुर्सदको समयमा बारीमा काम गर्ने उसले कृषि फार्ममा हालसम्म रु डेढ करोड बढी लगानी गरेको जानकारी दिए । उनलाई विदेशबाट फर्किनुभएका दाई हिमालकुमार पुन र भिनाजु विक्रिम घर्तीमगरले साथ दिइरहेको छ ।

सुरुमा रु १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि बर्सेनि आम्दानी पनि बढ्दै गएको पुनले बताए । यसवर्ष फलफूल तथा बाख्रा बिक्री गरेर रु सात लाख आम्दानी भएको जनाउँदै उसले वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको उल्लेख गरे ।

“अहिले सुरुवाती चरणमा छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई जोड दिएका छौँ । म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाइ र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थालेको छ, उनीहरूले थप हौसला दिँदा लगानी बढाइरहेको छु”, पुनले भने, “लगानी अनुसारको प्रतिफल आउला भन्ने अपेक्षासहित गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि कर्ममा लागेको हुँ ।”

पुनले केही वर्ष अघि रु ६० लाखको जग्गा किनेर फलफूखेती विस्तार गरेको जानकारी दिए । हालसम्म कृषि ज्ञान केन्द्र बागलुङबाट रु एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट रु एक लाख ८८ हजार अनुदान प्राप्त भएको बताउँदै उसले स्वदेशमा केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए । गाउँमा खानेपानी र सिँचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएका उसको भनाइ छ ।

आफूले ठूलो लगानी गरेर फलफूल खेती गरे पनि सिँचाइ अभावमा बिरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोखे । गाउँ नजिक पानीको मुहान नभएकाले टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उसले उल्लेख गरे । पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने सुझाव दिए ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected