२६ आश्विन २०८२, आईतवार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँमा फागुन १३ गतेदेखि म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप हुने

२५ माघ, पोखरा । म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको छ । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्लास्तरीय ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन् ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको गण्डकी प्रदेशभित्रका पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे ५ छाङ्ग पाटनको खेल मैदानमा हुने जानकारी दिए ।

उक्त प्रतियोगीताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

सोही अवसरमा म्याग्दे गाउँपालिका–४ थर्पु व्याडमिन्टन क्लवको कवर्डहलमा फागुन १६ र १७ गते हुने जिल्लास्तरीय व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ  ।

म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागीता रहने छ । पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट व्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित पोशाक प्रदान गरिने आयोजकले जनाएको छ ।

तीनवटै विधाका प्रतियोगीताहरु २२ गतेसम्म सकाउने र २३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशभरीका खेलाडी सहभागी होउन् भन्ने उद्देश्यले प्रचारप्रसारमा समेत जोड दिईएको र प्रतियोगिताले स्थानीय र राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected