१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

लायन्स गभर्नर्स कप फुटसलको उपाधी डिष्ट्रिक डि लाई

काठमाडौं । लायन्स गभर्नर्स कप फुटसल प्रतियोगितामा ३२ टिम सहभागी भएका छन् । कुपन स्पोर्ट्स सेन्टरमा मंगलबार सम्पन्न फाइनल खेलमा डिष्ट्रिक डि ले डिष्ट्रिक इ लाई ० का विरुद्ध १ गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधी संगै विजेता टिमले नगद ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आशिष कपाली घोषित भएका थिए ।
लायन्स क्लब इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक ३२५, डिस्ट्रिक ३२५ जीको आयोजनामा भएको फुटसल प्रतियोगिता गत फेब्रुअरी १ देखि ४ तारिखसम्म कुपन फुटसल सेन्टरमा सञ्चालन भएको थियो । बाल क्यान्सरविरुद्ध हाम्रो गोल भन्ने नारासहित सुरुवात भएको प्रतियोगितामा विभिन्न डिष्ट्रिक अन्र्तगतका ३२ क्लबहरुको सहभागी रहेको थियो ।
विजेताहरुलाई लायन्स इन्टरनेसनल ३२५ मल्टिपल अन्र्तगत ३२५ जि का गर्भनर डा.कलम कायस्थ,  मल्टी क्याउनसिल चियर रमेश लामा, पूर्व चियरहरु केशव पाण्डे, कयाम उद्धिन, अन्नत भेटवाल, उत्तम झा, गर्भनर इ का रमेश बस्नेत, लगायतका लायन्स अभियन्ताहरुले पुरस्कार वितरण गरेका थिए ।
फुटसल प्रतियोगिताका संयोजक, चार्टर पे्रसिडेन्ट तथा जोन चियरपर्सन दामोदर भट्टराईले बताए ।
खेल तालिका सार्वजनिक कार्यक्रममा डिस्ट्रिक ३२५ जीका गभर्नर डा. कमल बहादुर कायस्थले फुटसल प्रतियोगिताको उद्देश्यका बारेमा प्रकाश पार्दै सबै लायन्स सदस्यहरुलाई खेलमा सहभागी हुन र सम्पूर्ण सामाजिक अभियन्ताहरुलाई बाल क्यान्सर सचेतनामा हातेमालो गर्न आह्वान समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय क्यान्सर दिवसका अवसरमा आयोजित सो समापन समरोहमा पारा ओलम्पिक प्रशिक्ष कविराज लामा तथा अनुप्रस्थ ब्याण्डका गायन निरन शाही लाई सम्मानित समेत गरिएको थियो ।  लायन्स इन्टरनेसनल मार्फत हुने समाजिक कार्यहरुलाई खेलकुद तर्फ जोड्नका लागि यो कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता संयोजक एवम् लायन्स अभियन्ता दामोदर भट्टराई(बद्री)ले बताएका छन । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने र लायन्स मार्फत खेलकुदका नविन पुस्तालाई सहयोग गर्ने वातावरणमा जुट्ने उनले बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected