२५ आश्विन २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको सहकार्य

२२ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सो संग सम्वन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ ।

चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।

नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्टस एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्टस च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रिका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेशनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका छन् ।

सो हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राको सहभागिता थियो ।

चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरुको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्पूर्ण उपलब्धी हासिल हुने अपेक्षा गरिएको छ ।

दोस्रो नेपाल स्पोर्टस कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुती लगायतका कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्नेछ ।

यस्तै दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेश उद्योगी, नयाँ खोज एवं फिटनेश क्षेत्रको बारेमा वृहत जानकारी दिने उदेश्य राखिएको छ ।

यस्तै चेम्बसंगको सहकार्यमा पाँचौं स्पोर्टस् च्याम्पियनसिपको समेत आयोजनाको तयारी भएको छ । चेम्बर अफ कमर्स र विभिन्न खेलकुदका संस्थाबीच आगामी ३ वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यले नेपालको खेलक्षेत्र र अर्थतन्त्रमा महत्वपुर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected