१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरियो

२२ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी -२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

५६ मा ६ विकेट गएको अवस्थाबाट चनिदा र थिपाथ्चा मिलेर अविजित अर्धशतकीय पारी खेले । नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले १-१ विकेट लिए । रचनाले नेपालका लागि टी-२०आईमा डेब्यू विकेट लिएकी हुन् ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो । अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन ।

सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको भने यो लगातार चौथो जित हो । योसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected