रातो कागज
3 महिना अघि

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।
मंगलवार काठमाडौँमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताए । उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए ।
उनले पाठेघरको क्यान्सरको समस्या ठुलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको उनले बताए ।
मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया