२६ आश्विन २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सभापति कपः फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र खेल्दै

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौँमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । सङ्कटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सङ्कटाले पहिलो खेलमा शानदार प्रदर्शन गर्दै चर्च ब्वाइजमाथि ३–० गोलको जीत दर्ता गरेको थियो । सोही लय कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा सङ्कटा रहेको छ ।
उता, मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफमाथि १–० को कठिन जीत दर्ता गरेको थियो । बराबरीतर्फ उन्मुख खेलमा पेनाल्टीको तयारी स्वरूप गोलकिपर पनि परिवर्तन गरेको अवस्थामा मच्छिन्द्रका शनिस श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराएका थिए ।
सङ्कटा र मच्छिन्द्र दुवैको खेल उत्कृष्ट हुने अपेक्षा गरिएको छ । दोस्रो सेमिफाइनलमा भने नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र न्यु रोड टिम एनआरटी भिड्ने छन् । दोस्रो सेमिफाइनल मङ्गलवार हुने छ ।
सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ भने उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् । प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected