१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

यु–१९ महिला विश्वकप क्रिकेट  नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ, ११ माघ । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।
मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन् । उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन् । यसैगरी, ज्योत्सिन्का मरासिनले सात र सिमाना केसीले अविजित चार रन जोडिन् । बलिङतर्फ मलेसियाका लागि मार्सा क्विस्टिना बिन्टी अब्दुल्लाहले तीन विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका लागि पूजा महतो एक्लैले चार विकेट लिइन् भने रचना चौधरीले तीन विकेट लिइन् । त्यसैगरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिए ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल यसअघि समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै  समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलङ्का र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected