२६ आश्विन २०८२, आईतवार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित

कास्की, ११ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर एमबी आस्था निर्वाचित भएका छन् । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै आस्था निर्वाचित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी निर्वाचित भए । मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष समावेशी, महासचिव र सचिवमा निर्वाचन भएको थियो ।

यसैगरी, कार्यसमिति सदस्यमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर प्रवीण थापा, बसबहादुर वसन्त शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष आस्था मगरले खेलकुद विधामा कलम चलाइरहेका पत्रकारको क्षमता अभिवृद्धिका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।

मञ्चको अधिवेशन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाका रूपमा विकास गरिएको हो ।

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगका लागि काम गरिरहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्चप्रतिको आकर्षण बढाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected