१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : वडाध्यक्ष तिवारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै यसको लागि काम गर्ने बताए ।
खेलकुद र खेलाडीको सम्मान हेटौंडा – १२ को पहिचान भन्ने नारालाई आत्मसात गर्दै भलिबलको संरक्षण र खेलाडी उत्पादनको लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तानले बताए ।
हेटौंडा १२ नम्बर वडाका खेलकुद विकास समिति संयोजक दिनेश चौलागाईंले भलिबल भूगोल सुहाउँदो खेल भएकोले तीन तहको सरकारले यसलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘भलिबल राष्ट्रिय खेल हो । यस खेललाई सानो ठाउँ भए पुग्छ र जोखिम कम हुने भएकोले सजिलै खेलाडी उत्पादन गर्न सकिने हुन्छ । हाम्रो भूगोल सुहाउँदो खेल भएकोले तीन तहको सरकारले अरु खेललाई जस्तै यसलाई पनि बजेटको व्यवस्था गरेर प्रवद्र्धनमा लाग्न सके असल हुने थियो ।’
यहि माघ १६ गतेदेखि १९ गतेसम्म सम्म हेटौंडा १२ हात्तीगौडा स्थित बुद्ध माविको चौरमा हुने भलिबल प्रतियोगितामा हेटौंडाका १९ वटै वडाबाट खेलाडीहरुले भाग लिन सक्ने जनाइएको छ ।
खेलमा प्रथम हुने टीमलाई ५० हजार, दोस्रोलाई ३० हजार, मेडल र ट्रफीद्वारा पुरस्कृत गरिने छ भने उत्कृष्ट विधाहरुलाई नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजक वडाको तर्फबाट १ लाख २५ हजार रुपैयाँ, प्रथम पुरस्कारको मुख्य प्रायोजक तुलसी मेहर मेमोरियल आवासीय मावि÷नारायणी कलेजले व्यहोर्ने जनाइएको छ भने अपुग रकम आयोजक टिमले आ– आफ्नै तर्फबाट फन्डरेज गरेर प्रतियोगिता गर्ने र प्रतियोगिता सम्पन्न गर्ने भनिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा वडासदस्य महेश भट्टराई, वडा सचिव रामलाल थिङ्ग लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected