१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सभापति कप आजदेखि, पहिलो खेलमा चर्च ब्वाइज र संकटा भिड्दै

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ए डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमने सामने हुनेछन् ।
खेल अघि औपचारिक उद्घाटन समारोह आयोजना हुनेछ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने आयोजकले जनाएको छ ।
१७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । नकआउट फुटबल प्रतियोगितामा जित्ने टोली सिधै सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगितका लागि सबै टिम तयार रहेको बताएका छन् । बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सबै टिमका कोच र कप्तानले लामोसमय देखि रंगशालामा प्रतियोगिता नभएको अवस्थामा सभापति कप आयोजना हुनु खेल र खेलाडीका लागि राम्रो अवसर रहेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २६ लाख प्राप्त गर्दा उप विजेता टिमले १३ लाख पाउने छ । यसैगरी प्रत्येक खेल खेल्ने दुवै टिमलाई म्याच मनीको रुपमा नगद ५०–५० हजार प्रदान गरिने छ भने प्लेयर अफ दी म्याच बन्ने खेलाडीले १५ हजार पाउने छन् ।
प्रतियोगिताको टिकट मूल्य भिआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए । सभापति कपको टिकट खल्ती एपबाट खरिद गर्न सकिने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected