१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।
अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।
पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।
उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।
अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरिसकेकाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो एप प्रतिबन्ध निश्चित जस्तै मानिएको छ । (भिडियो,सीसीटीभीप्लस)

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,