२४ फाल्गुन २०८२, आईतवार
प्रवास मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियाको सिड्नीमा थारु माघी महोत्सब मनाउने, अनु चौधरीको पनि प्रस्तुति रह्ने

सिड्नी । सन् २०१८ मा अस्ट्रेलियामा स्थापना भएको ‘थारू सोसाइटी सिड्नी अस्ट्रेलिया’ले यस वर्ष पनि माघी पर्व विविध कार्यक्रमसहित मनाउन लागेको छ ।

अस्ट्रेलियामा रहेका थारूहरूबीच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना गर्दै आइरहेको उक्त संस्थाले सिड्नीमा हर्षोल्लासका साथ माघी मनाउन लागेको हो ।

यसपटक नेपालकी चर्चित गायिका अनु चौधरीको उपस्थितिले महोत्सवको रौनक थप बढ्ने आयोजकको विश्वास छ ।

सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले दिएको जानकारी अनुसार कार्यक्रम आउँदो जनवरी १४ मंगलबार ९थारू सम्वत् २६४८, माघ १० अर्थात् माघेसंक्रान्तिका दिन इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुने भएको छ ।

सुमधुर स्वरकी धनी अनु चौधरीको प्रस्तुतिसँगै थारू रीतिरिवाजअनुसार लाठी नाच, झुमरा नाचलगायत थारू परिकारसमेत कार्यक्रमको विशेष आकर्षण रहने चौधरीले बताए ।

कार्यक्रममा उपस्थितिका लागि थारू सोसाइटी अफ अस्ट्रेलियाले सम्पूर्ण थारू समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल समेत गरेको छ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected