२८ आश्विन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

राष्ट्रपति रनिङ शिल्डः श्रीकेदार मावि प्रथम

बैतडी, २८ पुस । जिल्लाको दोगडाकेदार गाउँपालिकामा जारी पाचौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । दोगडाकेदार–७ लवलेकमा यही पुस २४ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा गाउँपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो । सहभागी विद्यालयमध्ये श्रीकेदार माध्यमिक विद्यालय दोगडाकेदार–४ पिपलकोट प्रथम भएको छ । श्री केदार माविले प्रथम हुँदै आठ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको हो ।

सनातन धर्म माध्यमिक विद्यालय दोगडाकेदार–३ श्रीकोट छ स्वर्ण, सात रजत र नौ कास्यसहित द्वितीय स्थान हासिल गरेको छ भने भगवती माध्यमिक विद्यालय सित्तड छ स्वर्ण, तीन रजत र चार कास्य हात पार्दै तृतीय स्थान हासिल गरेको हो ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख अतिथि रहेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected