११ पुष २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया कपः वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

२६ पुस, मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तरगत बिहीवार ३ खेल सम्पन्न भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १–० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ३ नम्बरका आयुष नेगि घोषित भए । बिहीबार दुई टिम बीचको दोस्रो हाफको खेल भएको हो । बुधबार समय अभाव भएसँगै पहिलो हाफपछि खेल बिहीवारका लागि तोकिएको थियो ।

यस्तै बिहीबारको खेलमा वडा नम्बर ४ ले पनि १० लाई १–० गोलले हराएको छ। वडा नम्बर ४ का लागि दिपेश माझीले खेलको आठौं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच माझी घोषित भए ।

यस्तै तेस्रो खेलमा वडा नम्बर ८ लाई १–० गोलले हराउँदै ६ नम्बर विजयी भएको हो । वडा नम्बर ६ को जीतमा समीर बोम्जनले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार जुनियरतर्फ वडा ११ नम्बर र १२ बीच प्रतिस्पर्धा हुनेछ भने सिनियरतर्फ  २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ ।

प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected