१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

२५ पुस, काठमाडौँ । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् । पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ भने मधेस प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ ।
जारी प्रतियोगिताको तेस्रो खेलमा मधेस प्रदेशले पहिले ब्याटिङ गर्दै ४२ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एक/एक विकेट लिए ।
जवाफमा नेपाल पुलिस क्लबले पहिलो दिनको खेल सकिँदासम्म ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ । उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलिप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए । साथै गुलशन झाले २० रन बनाए । अमित श्रेष्ठ पहिलो दिन ३४ रनमा अविजित छन् । मधेसका लागि हरिशङ्कर साहले दुई र  अभिशेख तिवारीले एक विकेट लिए । पुलिसले हिजोको खेललाई आज पनि निरन्तरता दिनेछ ।
साथै बुधबारनै सुरु प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले पूरै ६० ओभर खेलेको छ । पहिलो पारीमा ६० ओभर खेलेपछि पारी समाप्त हुने प्रतियोगिताको नियम छ । आर्मीले पहिलो दिन ६० ओभर खेल्ने क्रममा पाँच विकेटको क्षतिमा दुई सय ७६ रनको बलियो योगफल तयार पारेको छ ।
आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ७२ र ५३ रन बनाए ।  साथै तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रनको योगदान दिए । बागमती प्रदेशका लागि विपीन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २४ रन बनाएको छ । बागमती आर्मीभन्दा अझै एक सय ५२ रनले पछाडि छ । उसका लागि शुभ कङ्शकारले ३४ रन बनाए भने उत्तम मगरले २८ र रित गौतमले २१ रन बनाए ।
दुवै खेल आज पनि जारी रहनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected