२६ आश्विन २०८२, आईतवार
कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

१० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ ।
बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामि चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुने छ ।
कार्यक्रममा परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको सहभागीताको सङ्ख्या जम्मा दुई सय १५ जनाको रहेकोमा यो वर्ष सात सय भन्दा माथिको संख्यामा सहभागीता गराउने टिम पनि रहेको बताए । सहभागीको संख्यालाई हेरेर ढोका बन्द नगर्ने भन्दै उनले यसका निम्ति बजेटको व्यवस्था पनि गरेको जानकारी गराए ।
उनले भने, ‘विगतको नवौं राष्ट्रिय खेलकुदको सहभागीताको सङ्ख्या हेर्ने हो भने जम्मा दुई सय १५ जनाको सहभागीता थियो । तर अहिले चाँही सात सय भन्दा माथिको सहभागीता गराउने टिम पनि छ । दुई सय र सात सयबीचको प्रतिस्पर्धाले के हुन सक्छ भन्ने पनि छ । तर यसमा हामीले ढोका बन्द गरेको छैनौं । यसका निम्ति पनि बजेटको व्यवस्था गरेका छौं ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected