Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

रासस
7 महिना अघि

काठमाडौँ, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमाले मा फर्केका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उहाँलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए । मकवानपुर निवासी उनी संविधानसभा सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया