२१ माघ २०८२, बुधबार
अर्थ खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

भेटेरिनरी एशोसिएसनले हाफ म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन काठमाडौमा हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘माघ १२ गते बिहान दशरथ रंगशाला जाऔँ, दौडमा सहभागी बनौ, स्वस्थ रहौं’भन्ने मुल नाराका साथ हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना हुन लागेको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल भेटेरिनरी एशोसिएसन कार्यबाहक अध्यक्ष डा. अशेष भट्टराईले उक्त दिन विहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने बताए ।
बिद्यमान अवस्थामा नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथन (चौथो संस्करण) आयोजना गरिएको बताए ।
कार्यक्रममा विभिन्न विधामा करिब आठ हजार जना व्यक्तिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
सहभागिता र पुरस्कार राशीका हिसाबमा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन प्रतियोगिता बिगत तीन बर्षदेखि आयोजना गरिएको हो । प्रतियोगिताको गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए ।
यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई पाँच किमी (पुरुष) र तीन किमी (महिला), फरक क्षमता भएका व्यतिहरुको लागि ह्विलचेयर, पुरुष तथा महिला र बालबालिकाहरुको लागि रनपर फन विधाका दौडहरु समावेश गरिएका छन् ।
यस कार्यक्रमको जम्मा पुरस्कार राशी कर सहित रु १७,६३,३३३÷३३ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार रु एक लाख पचास हजार रहेको छ भने पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । तेस्रो संस्करणसम्म हाफ म्याराथनका विजयीहरुलाई रु १ लाख (कर बाहेक) पुरस्कार दिइएको थियो भने यसपटक त्यसलाई बढाएर रु १.५ लाख (कर बाहेक) राखिएको छ ।
आफूले भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीहरुलाई खाजा तथा मेडलको व्यवस्था समेत रहेको छ । यस प्रतियोगितामा खेलाडीहरुको सुबिधाको लागि रुटका विभिन्न स्थानहरुमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरुको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको व्यवस्थापनको लागि पाँच सय जना स्वयंसेवकहरु परिचालन गरिने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected