२८ आश्विन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

पोर्चुगलमा पनि मनाइयो टोपी दिवस

२१ पौष, लिस्बन । अंग्रेजी नयाँ वर्षको दिन मनाइने राष्ट्रिय टोपी दिवस युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाइएको हो । लिस्बनस्थित अलमेदा पार्कमा सामूहिक रुपमा भेला भई यहाँका नेपाली समुदायले शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाएका हुन् ।

सो अवसरमा राष्ट्रिय झण्डासहित नेपाली टोपीमा सजिएका नेपालीहरुले सामूहिक नाचगान र मनोरञ्जन गर्नुका साथै शुभकामना आदानप्रदान गरेका थिए । संघका कार्यवाहक अध्यक्ष दिनेश खड्काको अध्यक्षता तथा कार्यवाहक महासचिव दीपेश विष्टको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङ, बागलुङ समाज पोर्चुगलका महासचिव कृष्ण केसी, संघकी उपाध्यक्ष पुनम गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिदेशी भूमिमा नेपाली संस्कृति र पहिचानको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ विशेष कार्यक्रमको आयोजना गरि टोपी दिवस मनाइएको संघले जनाएको छ । ’नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विश्वभरका नेपालीले हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected