१३ कार्तिक २०८२, बिहीबार
जीवनशैली मुख्‍य समाचार समाचार समाज

चिसो बढ्दै गएपछि दैनिक जनजिवन कष्टकर

केहि दिन देखि पश्चिमी हावासंगै बाक्लो हुस्सु तथा शितलहरी हुन थालेपछि रौतहटमा अत्यधिक चिसो बढेको छ। चिसो बढ्दै गएपछि  ग्रामीण बस्तीहरुको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।

अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको शिवनगरका सुबास मिश्रले बताए । बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा ब्यापार घटेका कारण पसले चिन्तित रहेको उनको भनाइ छ ।

चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरु बताउछन । बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ ।

चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । बढ्दो चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानिय अस्पतालमा समेत विरामीको चाप बढ्न थालेको छ ।

जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक वढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखला लगायतका विरामीहरु आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । अत्यधिक चिसो बढेपछि यहाँका मुख्य चौकमा  आगो ताप्ने व्यवस्था गर्ने  सवसाधरणले पालिका सग आग्रह गरेका छन ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected