१८ कार्तिक २०८२, मंगलवार
अर्थ खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सेनाको वीर स्मृति कप पाँचौँ संस्करणको लन टेनिस प्रतियोगिता सम्पन्न

रामेछाप । नेपाली सेनाको श्री नं ९ वाहिनी अड्डामा सञ्चालित वीर स्मृति कप पाँचौँ संस्करणको लन टेनिस प्रतियोगिता सिन्धुलीमा सम्पन्न भएको छ ।
प्रतियोगितामा खुल्ला डबलतर्फ महासेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् । खुल्ला सिङ्गलतर्फ प्रमुख सेनानी दीपक बरुवाल प्रथम भएका छन् ।
भेट्रान्स सिङ्गलतर्फ सहायक रथी राम राणा प्रथम हुनु भएको छ भने भेट्रान्स डबलतर्फ माउर सागर बहादुर केसी र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् ।
प्रतियोगितामा भेट्रान्स डबलतर्फ, भेट्रान्स सिङ्गलतर्फ, खुल्ला सिङ्गलतर्फ र खुल्ला डबलतर्फ २४ जना सैनिक र दुई जना गैर सैनिक गरी जम्मा २६ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको सोमबार बलाध्यक्ष रथी प्रदीपजंग केसीले समापन गरेका गरे । प्रतियोगिताको नेपाली सेनाको मध्यपूर्वी पृतनापति उपरथी सुदर्शन सिल्वालले उद्घाटन गरेका थिए ।
नेपाली सेनाको वीर स्मृति कप देश तथा नागरिकको रक्षाका खातिर युद्धमा लड्दै जीवन त्याग गरी वीरगति प्राप्त गर्ने सकल दर्जाको सम्झनामा २०७६ सालबाट नियमित सञ्चालन हुँदै आएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected