१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
सोमबार बकैया गाउँपालिका वडा न। ११ खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा भएको गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको हो ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका एक दिने बकैया गाउँपालिका स्तरीय कराते प्रतियोगितामा ७ स्वर्णसहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ ।
छतिवनले ७ स्वर्ण सहित ५ रजत तथा १ कास्य पदक हात पारेको थियो तेसैगरी ७ स्वर्ण हात्तिसुँडे डोजो टिम दोस्रो हुन सफल भयो दोस्रो भएको हात्तिसुँडेले ७ स्वर्ण सहित १ रजत ८ कास्य हात पार्यो भने ३ स्वर्ण पदक ,९ रजत पदक र ९ कास्य जित्दै सिमान डोजो टिम तेस्रो भएको थियो ।
बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताएका छन् ।
उनले बकैया गाउँपालिकामा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected