२६ आश्विन २०८२, आईतवार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

गैँडाकोट हाफ म्याराथनको उपाधि आर्मीका धावकलाई

नवलपुर नवलपरासी, १५ पुस । नवलपरासी बर्दघाट–सुस्तापूर्व को गैँडाकोटमा सञ्चालन भएको ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावकले जितेका छन् । आज भएको प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १६ मिनेट आठ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल प्रथम भएका हुन् ।
प्रथम भएका पालले नगर रू एक लाख पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, प्रतियोगितामा सशस्त्र प्रहरी बलका धावक गोपीचन्द्र पार्की दोस्रो भएका छन् । पार्कीले निर्धारित दूरी एक घण्टा १७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै रू ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा त्रिभुवन आर्मीकै धावक नरेन्द्र सिंह रावत तेस्रो भएका छन् । रावतले एक घण्टा १८ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै रू २५ हजार पुरस्कार प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगितामा एक घण्टा २१ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै त्रिभुवन आर्मीका सञ्जय श्रेष्ठ, एक घण्टा २२ मिनेट १७ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीकै रामजी बस्नेत, एक घण्टा २८ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै स्याङ्जाका धनु मानन्धर, एक घण्टा ३४ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै काठमाडौँका मिङ्मारसिंह तामा र एक घण्टा ३५ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै सशस्त्र प्रहरी बलका खेमबहादुर शाहीले सान्त्वना भए ।
प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने पाँचजना खेलाडीलाई नगद रू पाँच पाँच हजार पुरस्कार प्रदान गरिएको विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । प्रतियोगितामा अपाङ्गता भएका दाहिने हात नभएका धावक दोलखाका नवराज कार्कीले एक घण्टा ४६ सेकेन्ड २१ मिनेटमा दूरी पार गर्न सफल भएकाले उनलाई हौसलास्वरूप रू तीन हजार पुरस्कार प्रदान गरिएको थियो ।
विजय फाउन्डेसन नेपालको आयोजनामा भएको दोस्रो संस्करणको प्रतियोगितामा देशभरका एक सय ४१ धावकको सहभागिता रहेको सापकोटाको भनाइ छ । प्रतियोगितामा महिलातर्फको उपाधिसमेत त्रिभुवन आर्मी क्लबकै धावकले जितेकी छिन् । त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले २१ किलोमिटरको दूरी एक घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी हुन् । न्यौपानेले रू २५ हजार पुरस्कार प्राप्त गरिन् ।
त्यस्तै, महिलातर्फ नवलपुरको गैँडाकोट–६ की अनु मगरले दुई घण्टा ४१ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र चितवनको कालिका–८ की सुनीना मगरले तीन घण्टा एक मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् । महिलातर्फ दोस्रो र तेस्रो हुने धावकहरूले क्रमशः रू १५ हजार र रू पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताअन्तर्गत नै आयोजना गरिएको पाँच किलोमिटर दूरीको विद्यार्थीमैत्री दौडमा जनक नमूना माविका मनुप थापा पहिलो भएका छन् । उनले ३२ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै रू १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कालिका माविका अनमोल विटालोले ३२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै रू पाँच हजार तथा जनक नमूना माविकै दीपेश मगरले ३२ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै रू तीन हजार पुरस्कार प्राप्त गरे ।
त्यस्तै, प्रतियोगितामा छात्रातर्फ विजय सामुदायिक शिक्षा सदनकी सुर्ताना दराईले ४३ मिनेट तीन सेकेन्डमा दूरी पार गर्दै पहिलो हुँदा रू पाँच हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा ४४ मिनेट पाँच सेकेन्डमा दूरी पार गर्दै विजय सामुदायिक शिक्षा सदनकी सामना गौतमले रू तीन हजार, ४५ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै जनक नमूना माविकी गरिमा अधिकारीले रू दुई हजार पुरस्कार प्राप्त गरिन् । विद्यार्थीमैत्री दौडमा गैँडाकोट नगरपालिकाभित्र रहेका कक्षा १० सम्म अध्ययन गर्ने तीन सय दुईजना खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, धावक वैकुण्ठ मानन्धरसहितले धावकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अधिकारीले खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो लगानी गरिरहेको बताए। आगामी दिनमा समेत पालिकाले खेलकुदको क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी नीति तथा योजना बनाएर काम गर्दै जाने बताए ।
हाफ म्याराथन समापनका अवसरमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विकासको क्षेत्रमा अगाडि भएका मुलुकहरू खेलकुदमा समेत अगाडि रहेका दाबी गरे । उनले खेलकुदको माध्यमबाट विकासलाई अगाडि बढाउन भूमिका खेल्ने भन्दै खेलकुद र विकासको सम्बन्ध महत्त्वपूर्ण रहेको बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected