१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण

१२ पुस, काठमाडौँ । छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको ‘टिम इभेन्ट’मा पुरुषतर्फ ललितपुर महानगरपालिका–७ ले स्वर्ण पदक जितेको छ ।

स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् । पाटनमा आज भएको फाइनल खेलमा वडा नं ७ ले वडा नं ८ लाई ३–१ ले पराजित गर्‍यो । वडा नं ७ ले पहिलो सिङ्गल्स गुमाए पनि खेलमा पुनरागमन गर्‍यो र लगातार तीन सिङ्गल्स जित्दै स्वर्ण पदक हात पारेको हो ।

पहिलो सिङ्गल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा नं ८ का रुविन महर्जनले वडा नं ७ का डिकेनलाई ११–५, ११–७, १०–१२ र ११–४ को सेटमा पराजित गरे । अन्य सिङ्गल्समा वडा नं ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, ९–११, ११–५ र १५–१३ तथा रुविनलाई ११–९, ११–८, ८–११ र ११–७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५ र ११–६ को सेटमा पाखा लगाए ।

ललितपुर महानगरपालिका वडा नं ९ द्वारा आयोजित प्रतियोगिताको ‘टिम इभेन्ट’ मा महिलातर्फ वडा नं १७ ले स्वर्ण, वडा नं ८ ले रजत तथा वडा नं १९ र १६ ले कास्य पदक जितेको छ । पुरुष भेट्रान टिम इभेन्टमा वडा नं २० पहिलो, वडा नं १६ दोस्रो र वडा नं ११ र ९ तेस्रो भएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected