६ माघ २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु

१२ पुस, काठमाडौं । नेपालगन्जमा आजबाट दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगितासुरु भएको छ ।

शुक्रबारबाट प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् ।

उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो खेलको विकास र विस्तार तीव्र गतिमा अगाडि बढिरहेको बताए । उनले हाप्किडो खेलको स्थायित्व र प्रगतिमा सहयोगको लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

त्यसैगरी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरनदाज गौतमले हाप्किडो खेल नेपालमा सक्रिय रूपमा अगाडि बढिरहेको र यसको दिगो विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण, र प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताए । उनले कोरियन खेल हाप्किडो नेपालमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको पनि उल्लेख गरे ।

नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेल हिमाल, पहाड र तराईसम्म फैलिएको जानकारी दिए । उनले हाप्किडो खेल समाज रूपान्तरणको एउटा महत्त्वपूर्ण आधार भएको बताएका छन् ।

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा सातवटै प्रदेशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected