१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

‘महिला क्रिओ फेस्टिबल २०२४’ आजबाट सुरु

मकवानपुर । मकवानपुरमा क्रिकेट महिलालाई आकर्षण गर्नका लागि मकवानपुरमा ‘महिला क्रिओ फेस्टिबल २०२४’ आजबाट सुरु भएको छ ।
पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको खेल क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ मकवानपुर जिल्ला क्रिकेट सङ्घले फेस्टिबल आयोजना गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजना अन्तर्गत मकवानपुर जिल्ला क्रिकेट सङ्घले दुई दिने फेस्टिबल आयोजना गरेको संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिएका छन् ।
नेपालमा क्रिकेटको मोह बढ्दै गएको अवस्थामा विद्यार्थी समयदेखि नै खेलप्रति आर्कषण गर्नका निम्ति फेस्टिबलको आयोजना गरिएको उनले बताए ।
दुई दिनसम्म सञ्चालन हुने फेस्टिबलमा क्रिकेट क्षेत्रमा छात्राहरूको चाहना बढाउने, खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षणसमेत गराउने कार्यक्रम रहेको बानियाँले बताए ।
हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको दुईदिने फेस्टिबलमा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ वटा विद्यालयको टिम सहभागी रहेको महिला क्रिकेट फेस्टिबलका कार्यक्रम संयोजक प्रेम क्षेत्रीले बताए ।
फेस्टिबलमा सामुदायिक र संस्थागत दुवै विद्यालयको सहभागितामा रहेको र सहभागी विद्यालयको टिमबीच हेटौँडा–४ स्थित हुप्रचौरमा ६ ओभरको खेल हुने उनले जानकारी दिएका छन् । फेस्टिबलको आयोजनाले भोलिका दिनमा क्रिकेट क्षेत्रमा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वाससमेत लिइएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected