१८ कार्तिक २०८२, मंगलवार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने

९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल ४० अर्ब रुपैयाँको रकमसम्म बोलकबोल गर्न सकिनेछ ।

बोलकबोल प्रक्रिया मध्यान्ह २ः०० बजेसम्म इलेक्ट्रोनिक प्रणालीमार्फत मात्र हुने बताइएको छ । निक्षेप संकलनका लागि बोलकबोल गर्दा ब्याजदर दशमलव पछाडिका चार अंकसम्म उल्लेख गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

यस प्रक्रियामा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइ बोल रकम बाँडफाँड गरिनेछ । समान ब्याजदर भएका अवस्थामा, आवश्यक परे लट प्रणालीमार्फत बाँडफाँड गरिने प्रावधान राखिएको छ ।

स्वीकृत बोलवालाको खाताबाट रकम झिकेर अलग्गै खाता खोलिने र निक्षेप रकम बैंकका निर्देशिकाबमोजिम मात्र प्रयोग गर्न पाइने छ । भुक्तानी मिति पुस २१ गते तय गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र