४ बैशाख २०८३, शुक्रबार
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

३ घण्टा सडक बन्द गरेर फराकिलो पारिँदै नौबिसे-मुग्लिन सडक (तस्वीरहरू)

८ पुस, काठमाडौं । दैनिक तीन घण्टा सडक बन्द गरेर पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय धादिङका अनुसार ७ पुसदेखि पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्ने काम भइरहेको हो । दिउँसोको पिक आवरमा दैनिक ३ घण्टा सडक बन्द गरेर सडक फराकिलो पार्ने काम हुँदा सास्ती बेहोर्नु परेको गुनासो यात्रुहरूले गरेका छन् ।

सडक फराकिलो पार्न १३ पुससम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोक्ने गरिएको छ भने मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोक्ने गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोक्ने गरिएको छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोक्ने गरिएको छ ।

तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोड्ने गरिएको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected