१३ पुष २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

७ पुस, भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधी बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ ।

जसले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधीसगैँ ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै प्रथम भएको हो ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रयोगितामा चितवनको खैरहनी तेक्वान्दो डोजाङ्ग दोश्रो हुन सफल भएको भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । जसले

४ स्वर्ण, ५ रजत र ३ कास्यसहित दोश्रो हुदै नगर ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्न सफल भएको थियो ।

यसैगरि प्रतियोगितामा श्री नेत्रदय तेक्वान्दो डोजाङ्ग बारा तेश्रो स्थान हात पार्न सफल भयो । जसले ४ स्वर्ण, १ रजत र २ कास्यसहित तेश्रो हुदै नगर २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण पाएको थियो । भने उत्कृष्ट निर्णयक तर्फ ललितपुर घर भएका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवन घर भएका अभिषेक गिरी र उत्कृष्ट महिला खेलाडीमा बुटबल घर भएकी अञ्जली चौधरी घोषित भएको थिए । भने उनीहरुले नगद ५÷५ पुरस्कारसहित शिल्ड प्रमाण पाउन सफल भएका खेलाडीलाई भरतपुर महानगरकी मेयर रेनुले पुरस्कार प्रदान गरेकी थिइन् ।

गएको पुस ४ गतेदेखि पुस ६ गते शनिबारसम्म सञ्चालित प्रतियोगितामा देशभरका ४० बढी जिल्लाबाट ७ सय १० जना खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णयक योगेश कवर योगीले जानकारी गराए ।
सो अवसरमा बोल्दै मेयर रेनु दाहालले खेल विकासमा भरतपुरको ईतिहासमा नयाँ रेर्कड कायम भएको बताइन् ।

उनले महानगरले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरुलाई निरन्तरता दिदै भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले सबैको ध्यान तानेको बताईन् ।

भरतपुर महानगरले दक्ष खेलाडी उत्पादन गर्नका लागि विद्यालय तहबाटै खेलकुदका गतिविधिसगैँ खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारिन् ।
प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

पुरुष र महिलतर्फ गरि १० वटा विधामा खेल भएको थियो । भने क्यारोगी (फाइट) तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected