२६ आश्विन २०८२, आईतवार
प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

१ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सका अभ्यक्ष अग्रवाले बताए ।
‘दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच सम्झौता भएको हो । यसको मुख्य उदेश्य भनेको गरिबि निवारण हो । गरिबि निवारणका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने हुन्छ । आर्थिक गतिविधि विस्तार गर्नका लागि निजी क्षेत्रको क्षमता बढाउनु पर्ने हुन्छ।’ उनले भने, ‘अर्को उदेश्य जलवायु परिवर्तनलाई कसरी न्यूनिकरण गर्न सकन्छि भन्ने हो । यसको लागि ग्रीन ईकोनोमीमा पनि हामी छलफल गरेर अगाडी बढ्छौं ।’

अध्क्षय अग्रवालले यो सहकार्यले नेपालको अर्थतन्त्रलाई सेफ ल्याडिङ दिने पनि दाबी गरेका छन । उनले भने, ‘नेपाल च्याम्बर अफ कमर्सको सबै जिल्लामा संस्थाहरु भएकाले नै यूएन्डीपीले आम्रीसँग सहकार्य गरेको हो । र याृ सहकार्यले नेपालको अर्थतन्त्रलाई सेफ ल्याडिङतिर लैजान्छ भन्ने विस्वास लिएको छ ।’

चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ । युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पुरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताएका छन् । उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको छ । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected