२६ आश्विन २०८२, आईतवार
प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कमला नदी बेसिन जलस्रोत विकास रणनीति योजना लोकार्पण

२६ मङ्सिर,  काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा दिगो र एकीकृत जलस्रोत व्यवस्थापनका लागि ‘कमला नदी बेसिन जलस्रोत विकास रणनीतिः कार्यन्वयन कार्य योजना’ लोकार्पण गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकबिच उक्त योजना लोकार्पण गरिएको हो ।

कृषि उपात्दकत्व बढाउन, सिंचाई सहज बनाउन, जलउत्पन्न प्रकोपलगायतका समस्या न्यूनिकरणका लागि यो रणनीति तयार पारिएको हो ।

योजना जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रमंडल वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठन, अष्ट्रेलिया, बेसीन क्षेत्रका स्थानीय जनता, सरोकारवालाहरु र विभिन्न विज्ञहरूको सहकार्यमा तयार गरिएको हो ।

नेपालको नदी जलाधार क्षेत्रको रुपान्तरणका लागि प्रतिनिधिका रूपमा कमला नदी बेसीन क्षेत्रलाई रोजिएको हो । कमलाले बागमती, कोशी र मधेश प्रदेश गरी २१ सय वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । त्यस क्षेत्रमा रहेका करिब ६ लाख १० हजार जनसंख्यालाई कार्यक्रमले सहयोग पुग्ने आंकलन गरिएको छ ।

योजनाले कमला नदी बेसीन क्षेत्र भित्रका विद्यमान चुनौती, अवसरहरूलाई सम्बोधन गर्ने आशा लिइएको छ । योजनाले समुदायको आवश्यकतालाई सम्बोधन गर्दै दिगो परिणामहरू हासिल गर्ने लक्ष्य राखेको छ ।

योजनामा नदीजन्य सामग्री उत्खननका लागि निर्देशिका निर्माण, कटान नियन्त्रणका उपायहरू समावेश छन् । योजनाले जलस्रोत व्यवस्थापनमा सुधार गर्न, जलाधार क्षेत्रभरि पानीको वितरण प्रवर्द्धन गर्न, सिंचाइयुक्त अभ्यासको प्रवर्द्धन गर्ने, उत्पादकत्व बढाउने, बाढी पहिरो जस्ता जलउत्पन्न प्रकोपहरुको प्रभाव न्यूनीकरण गर्न आवश्यक सम्बोधन गर्नेछ ।

जीविकोपार्जनलाई टेवा दिन, जलजन्य विपतको जोखिम घटाउन, बेसीन क्षेत्र भित्रको चुरे क्षेत्र र यसको प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

जलस्रोत विकासलाई सहज बनाउन बेसीन र क्षेत्र रणनीतिमा रहेका विभिन्न विषयगत क्षेत्रहरूका लागि योजनाले आधारभूत परिवर्तनको आवश्यकता औल्याएको छ ।

रणनीतिले बेसीन क्षेत्र र उप बेसीन क्षेत्र दुवै स्तरमा बहु–सरोकार मञ्चहरू स्थापना गर्ने, दिगोपन मूल्याङ्कन संरचना विकास गर्ने र बेसीन क्षेत्र भित्रका जलस्रोतहरूको विकास र न्यायपूर्ण प्रयोग अनुगमन गर्न कोशी नदी बेसीन कार्यलय अन्तरगत कमला नदी बेसीन इकाई कार्यलय स्थापना गर्ने प्रस्ताव राखेको छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected