Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै

News and Updates
8 महिना अघि

काठमाडौँ । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् ।

उनी आउने मिति भने अहिलेसम्म टुंगो लागिसकेको छैन । ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए । उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया